यू १९-नेपाल बंगलादेश संग भिड्दै

 ग्लोबल टिभि      शुक्रबार, पुस ९, २०७८      0

युएईमा भइरहेको प्रतियोगिता एसीसी यू १९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बिहान ११.१५ बजे शारजहा क्रिकेट मैदानमा हुनेछ । नेपालले यू १९ एसिया कपमा अहिलेसम्म बंगलादेशलाई हराउन सकेको छैन ।

पछिल्लो पटक सन् २०१९ मा श्रीलंकामा भएको यू १९ एसिया कपमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *