ग्लोबल टिभि
शनिबार, पुस १७, २०७८
0
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।
दुई खेल काठमाण्डौको दशरथ रङ्गशाला र एक खेल पोखराको रङ्गशालामा हुनेछ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा थ्री स्टार र जावलाखेल खेल्नेछन् भने दशरथ रङ्गशालामा हुने अर्को खेलमा सङ्कटा क्लब र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ ।
दशरथ रङ्गशालामै सङ्कटा र च्यासलबीचको खेल सुरु हुनेछ । यस्तै पोखरा रङ्गशालामा मनाङ मर्स्याङ्दी क्लब र ब्रिगेड ब्वाइजबीच खेल हुनेछ । ’ए’ डिभिजन लिगमा अहिले सातौँ चरणका खेल भइरहेका छन् ।
Post Views: 496
Leave a Reply