कोलकोताको ब्याटिङ धराशायी हुँदा बैंगलोरको सहज जीत

 ग्लोबल टिभि      बिहिबार, कार्तिक ६, २०७७      0

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा सातौं जित निकालेको छ ।

अबुधाबीमा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो ।शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।बैंगलोरको जितमा देबदुत पड्डीकलले २५ रन जोड्दा आरोन फिन्चले १६ रन बनाए ।यस्तै गुर्किरात सिंह २१ रनमा अविजित रहदा कप्तान विराट कोहली १८ रनमा अविजित रहे ।कोलकत्ताका लक्की फर्गुसनले १ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो ।कलकत्ताका लागि कप्तान इयान मोर्गनले सर्वाधिक ३० रन बनाए । लक्की फर्गुसनले अविजित १९ रन जोड्दा कुलदिप यादबले १२ रन बनाए ।त्यस्तै टम बानटनले १० रन बनाउदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।कलकत्तालाई सस्तैमा समेट्न बैंगलोरका मोहमद सिराजले ८ रन खर्चिएर ३ विकेट लिए । यस्तै युजभेन्द्र चाहलले २ तथा नाभदिप शैनी र वासिङ्गटन सुन्दरले १/१ विकेट लिए ।यससँगै बैंगलोरले कोलकत्तामाथि लगातार दोस्रो खेलमा जित निकालेको छ । सिजनको पहिलो भेटमा बैंगलोरले कोलकत्तालाई ८२ रनले हराएको थियो ।कोलकत्तालाई हराएसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।कोलकत्ताले भने १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा यथावत रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *