ग्लोबल टिभि
शुक्रबार, पुस ३०, २०७८
0
पुस ३०
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत नवौं चरणको खेल आज (शुक्रबार)देखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
कोरोना भाइरसको बढ्दो संक्रमणसँगै लिगमा उपस्थित दर्शकलाई पनि स्वास्थ्य सावधानीका लागि बलियो मापदण्ड तय गरिने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
लिग हेर्न रंगशालामा उपस्थित दर्शकलाई अब अनिवार्य कोरोना भाइरसविरुद्ध खोप लगाएको कार्ड देखाउनु पर्ने प्रावधान राखिएको लिगका निर्देशक सन्जीव मिश्रले बताए।दर्शकले अब टिकट लिँदा नै अनिवार्य खोप लगाएको कार्ड देखाउनुपर्ने छ । प्यारापिटमा दर्शकलाई एक सिट खाली राखेर अर्को सिटमा बस्ने व्यवस्था मिलाइने र खाली सिटमा स्टिकर टाँसिने एन्फाले जनाएको छ ।
Post Views: 871
Leave a Reply