टाइगर कप भलिबल महिलातर्फ फाइनलमा प्रवेश

 ग्लोबल टिभि           0

पुस ३०
त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मीले फाइनलमा स्थान पक्का गरेको हो ।

आर्मीले पुलिसमाथि २१–२५,२५–१८,२५–२१ र २५–१३ को जित निकालेको हो । यस जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोड्यो । अब आर्मीले उपाधिका लागि एपीएफ र न्यु डायमण्ड मध्ये एक टोलीसँग खेल्नेछ । एपीएफको ५ अंक छ भने न्यु डायमण्डको ७ अंक रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *