पुस ३०
त्रिभुवन आर्मी क्लबले पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ ।
समूह ‘ए’ अन्तर्गत मुलपानी क्रिकेट मैदानमा सुदुरपश्चिम प्रदेशलाई ३ विकेटले पराजित गर्दै आर्मीले चार खेलमा दोस्रो जित दर्ता गरेको हो । आर्मीले यस अघि कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेपनि नेपाल पुलिस क्लबसँग चार विकेटको हार व्योहोरेको थियो ।
तेस्रो खेल हुन नसकेपछि प्रदेश नं. १ सँग एक–एक अंक बाडेको थियो । शुक्रबारको खेलमा १ सय १६ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर पुरा गर्यो । यसअघि मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा अलआउट हुँदै १ सय १५ रन बनायो । सुदुरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ३७ रन जोडे । बसन्त कार्कीले ३४ रन जोड्दा अर्जुन साउदले १५ रन बनाए । आर्मीका बिक्रम सोबले ६ विकेट लिए । कुशल मल्ल, शाहब आलम र हरि चौहानले १÷१ विकेट लिए ।
Leave a Reply