फाइनलमा आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने

 ग्लोबल टिभि      शनिबार, माघ १, २०७८      0

विभागीय टोली नेपाल एपीएफ क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको महिलातर्फको राउन्ड रोविनको अन्तिम खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबले हारले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग ३-० को सोझो सेटमा हार बेहोरेपछि एपीएफले दोस्रो स्थानमा रहँदै फाइनलमा पुग्न सफल भएको हो।
पहिलो सेट २०-२५ ले गुमाएको डायमन्डले दोस्रो सेट पनि २०-२५ ले नै गुमाएको थियो। प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट पनि २३–२५ ले गुमाएपछि डायमन्ड फाइनल पुग्नबाट वञ्चित बन्यो।
राउन्ड रोविन लिगमा फाइनलमा स्थान बनाएको आर्मीले ४ खेलबाट ९ अंक जोड्यो। एपीएफले ८ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गर्यो। डायमन्डले ७ अंक जोड्यो। डायमन्डलाई हराएको पुलिस ६ अंक जोडेर चौथो भयो। आयोजक टाइगर ग्रुप अफ पोखरा जित र अंकविहीन हुँदै पुछारमा रह्यो।
अब फाइनलमा आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ हेल्प नेपाल र आर्मीबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल शनिबार हुनेछ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *