एपीएफले जित्यो उपाधि

 ग्लोबल टिभि      शनिबार, माघ १, २०७८      0

माघ १
विभागीय टिम एपीएफ क्लबले दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सेटमा हराउँदै एपीएफ च्याम्पियन बनेको हो । उपाधि जित्ने क्रममा एपीएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सेटमा हराएको हो । एपीएफले पहिलो पटक टाइगर कपको उपाधि जितेको हो ।

उपाधिसँगै एपीएफले ३ लाख प्राप्त गरेको छ । उपविजेता बनेको आर्मीले १ लाख ५० हजार प्राप्त गर्यो । तेस्रो स्थानमा रहेको न्यु डायमण्डले ७५ हजार प्राप्त गरेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *