त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई हरायो-ए:डिभिजन लिग

 ग्लोबल टिभि      शनिबार, माघ १, २०७८      0

माघ १
शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत भएकोे पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले फ्रेन्ड्स क्लबलाई हराएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा आर्मीले फ्रेन्ड्स क्लबमाथि ३–१ गोलअन्तरले जित निकालेको हो। आर्मीको जितमा जगजित श्रेष्ठ, दिनेश हेम्जन र सुमन अर्यालले गोल गरे।

फ्रेन्ड्स क्लबका लागि जमल एन्थोनीले सान्त्वना गोल गरे। खेलको १० औं मिनेटमा जगजित श्रेष्ठको गोलमा अग्रता बनाएको आर्मीका लागि दोस्रो गोल हेम्जनले ४५ औं मिनेटमा गरेको थियो।

खेलमा आर्मी हावि देखिए पनि दुबै टोलीले गोलका लागि सुनौला अवसरहरु बनाएका थिए। दोस्रो हाफको सुरुमै फ्रेन्ड्स क्लबका एन्थोनीले गोल फर्काए। जितसँगै १७ अंक जोडेको आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने जारी लिगमा जित निकाल्न नसकेको फ्रेन्ड्स क्लब ३ अंक जोडेर तालिकाको पुछारमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *