एपीएफ सेमिफाइनलमा, अमेरिकी क्लब बीवाईएससी ३–१ ले पराजित-आहा रारा

 ग्लोबल टिभि      शनिबार, माघ ८, २०७८      0

माघ ८
सशस्त्र प्रहरीको एपीएफ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा भएको खेलमा बीवाईएससी यूएसए क्बलाई ३–१ गोलले हराउँदै एपीएफ अन्तिम चारमा पुगेको हो । ४७ औँ मिनेटमा मिगल फेलाफक्सले गोल गरेर बीवाईएसीलाई अग्रता दिलाए पनि एपीएफका रवि थिङले दुई तथा आवाश लामिछानेले एक गोल गरेपछि अमेरिकी क्लब पराजित हुन पुग्यो ।

अब एपीएफले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ । यस अघि एपीएफले पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । पोखरामा चलिरहेको २० औं संस्करणको आहा रारा गोल्डकपमा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेता १० लाख १ हजार र उपविजेता टोलीले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *