यस अघिको विजेता बार्यन म्युनिख जर्मन कपको दोस्रो चरणबाटै आउट

 ग्लोवल टि.भी.      बिहिबार, माघ १, २०७७      0

एजेन्सी । साविक विजेता बायर्न म्युनिख डिएफबी पोकल (जर्मन कप) फुटबलको दोस्रो चरणबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा दोस्रो श्रेणीको क्लब होल्सटिन किइलसँग पेनाल्टी सुटआउटमा ६–५ले पराजित हुँदै बायर्न बाहिरिएको हो । निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

पेनाल्टी सुटआउटमा बायर्नका रोबर्ट लेवान्डोस्की, जोसुवा किमिच, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गरे । तर, मार्क रोकाले गोल गर्न सकेनन् ।

होल्सटिनका हाउके वाल, एहमेट अर्सलान, जानी सेर्रा, जाई सुङ सिल, निकलस हउप्टमन र फिन बार्टेल्सले गोल गरे ।

पेनाल्टीअघि बायर्नले खेलको १४औँ मिनेटमा सर्ज जिनाब्रीको गोलबाट अग्रता बनाएको थियो ।

३७औँ मिनेटमा फिन बार्टेल्सले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ४८औँ मिनेटमा लोरी सानेले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । खेलको ९०औँ मिनेटमा होल्सटिनका हउके वालले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएका थिए ।

जर्मन कपमा सर्वाधिक २० पटकसम्म उपाधि जितेको बायर्न दोस्रो चरणबाटै बाहिरिएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *