ए डिभिजन लिग फुटबलको १० औँ चरणका खेल माघ अन्तिम सातादेखि

 ग्लोबल टिभि           0

माघ १७
शहीद स्मारक ए डिभिजन लिग फुटबलको १० औँ चरणका खेल माघ अन्तिम सातादेखि हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले १० औँ चरणका खेल माघको अन्तिम सातादेखि शुरु गर्ने भएको हो । एन्फा कम्पिटिसन डाइरेक्टर रहेका सञ्जीव मिश्रले १० औँ चरणका खेलहरू २७ देखि १ फागुनसम्म गर्ने गरी तयारी गरिएको जानकारी दिए । जारी लिगमा नवौँ चरणसम्मको समाप्तिमा मच्छिन्द्र क्लब लिगको शीर्ष स्थानमा छ ।

उसले जारी लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ । नौ खेलमा सात जित, दुई बराबरी खेल्दै २३ अंक जोडेको मच्छिन्द्रलाई मनाङले १९ अंकका साथमा पछ्याइरहेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको आर्मीको १७ अंक बनाएर उपाधि होडमा कायमै छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *