भारतद्वा वेस्ट इन्डिजलाई ६ विकेटले पराजित

 ग्लोबल टिभि           0

माघ २४
भारतले वेस्ट इन्डिजलाई एकदिवसीय क्रिकेट खेलमा ६ विकेटले पराजित गर्दै शृंखलामा अग्रता बनाएको छ ।

अहमदाबादमा भएको पहिलो खेलको जितसँगै भारतको एक हजार एकदिवसीय खेल पूरा भएको छ। घरेलु भूमिमा भारतले वेस्ट इन्डिजसँग तीन खेल खेल्नेछ ।

१७७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले २८ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। भारतका कप्तान रोहित शर्माले सर्वाधिक ६० रन बनाए। सूर्यकुमार यादवले ३४, इशान किशनले २८ र दीपक होडाले २६ रनको योगदान गरे ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४३ ओभर ५ बलमा सबै विकेट गुमाउदै १७६ रनमा समेटियो । वेस्ट इन्डिजका जासन होल्डरले सर्बाधिक ५७ रन बनाए। फाबियन एलनले २९ र निकोलस पुरन तथा ब्राभोले १८–१८ रनको योगदान गरे ।

भारतका युजभेन्द्र चाहलले सर्वाधिक ४ विकेट लिए ।दोस्रो एकदिवसीय बुधबार हुनेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *