नेपाललाई दियो युएईले १९३ रनको लक्ष्य

 ग्लोबल टिभि      शनिबार, माघ २९, २०७८      0

माघ २९
चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत युएईले नेपाललाई १ सय ९३ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ९२ रन जोड्यो । युएईका लागि चिराग सुरीले ५३ बलमा सर्वाधिक ८४ रनको योगदान गरे । उनले ५ चौका र ५ छक्का प्रहार गरे ।

रोहन मुस्ताफाले ३५ बलमा ४९ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे । मोहमद वासिमले १३ बलमा २२ रन जोडे । उनले एक चौका र दुई छक्का प्रहार गरे । मोहमद बुटाले १४ रन बनाए ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने, आरिफ शेख र साहाव आलमले एक–एक विकेट लिए । सन्दीपको टी–ट्वान्टी अन्तर्राष्ट्रिय २८ खेलमा ४९ औं विकेट हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *