विश्व कप २०२२ को छनोट एन्फाले सञ्चालन गर्ने

 ग्लोबल टिभि      बुधबार, माघ ७, २०७७      0

विश्व कप २०२२ को छनोट लगायत विभिन्न प्रतियोगिता अखिल नेपाल फुटवलसंघ एन्फाले सञ्चालन गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा सम्पन्न एन्फाको १९ औं साधारण सभाले कोरोना भाइरसका कारण बाकि रहेका प्रतियोगिता २०७८ भित्र गर्ने एन्फाले निर्णय गरेको हो ।

साधारण सभाले विभिन्न प्रतिवेदनहरु समेत पारित गरेको अखिल नेपाल फुटवलसंघ एन्फाका प्रवक्ता किरण राईले जानकारी दिएका हुन्। उनले अध्यक्षको वार्षिक प्रतिवेदन र एन्फाको आयव्यसम्बन्धी प्रतिवेदन समेत अनुमोदन गरेको बताए ।

एन्फाको संशोधित विधान अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचनमार्फतनै टुङ्गो लाग्ने र साधारण सभाले वरिष्ठ उपाध्यक्षको समेत निर्वाचनबाटै टुङ्गो लगाउने निर्णय गरेको प्रवक्ता राईको भनाई छ । बैठकले एन्फाको वार्षिक बजेटलाई समेत पारित गर्दै राष्ट्रिय लिग सहितका एन्फाको ८२ करोड ६६ लाख ४२ हजार रुपैयाँको वार्षिक कार्यक्रमलाई साधारण सभाले पारित गरेको प्रवक्ता राईले बताए

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *