‘ए’ डिभिजन लिग : अन्तिम चरणका खेल आजदेखि शुरु

 ग्लोबल टिभि      बिहिबार, फाल्गुन १२, २०७८      0

फागुन १२

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेल आजदेखि शुरु हुँदैछ ।

आजदेखि तीनदिनसम्म चल्ने अन्तिम चरण शनिबार समापन हुनेछ । एन्फाले यस चरणका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गर्दैछ । समापन खेलबाहेक अन्य ६ खेल दिउँसो १ बजे हुनेछन् ।

पहिलो दिन दुई खेल हुनेछ । एन्फामा ‘ए’ डिभिजन लिगको हैसियत गुमाइसकेको च्यासल युथ क्लब र सातदोबाटो युथ क्लब भिड्दा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लब दशरथ रंगशालामा आमनेसामने हुनेछन् ।

शुक्रबार पनि दुई खेल हुनेछ । दुवै खेल १ बजे हुने छन् । जावलाखेल र संकटा क्लब दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दा दोस्रो डिभिजनमा घटुवा भइसकेको ब्रिगेड ब्वाइज क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ ।

अन्तिम दिन तीन खेल हुने छन् । एन्फामा एनआरटी फुटबल क्लब र नेपाल पुलिस १ बजे खेल्दा त्रिभुवन आर्मी फुटबल क्लब र मनाङ मस्र्याङ्दी क्लबले दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *