राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले पहिलो जित

 ग्लोबल टिभि      आइतवार, माघ ११, २०७७      0

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा वालिङ नगरपालिकालाई ७–० गोल अन्तरले पराजित गर्दै आर्मीले पहिलो जित निकालेको हो । आर्मीको जितमा विमला चौधरीले ह्याट्रिक गरिन् ।

यस्तै दिपा राई, शर्मिला थापा, भुजुङ्गा राई र हेमा चौधरीले एक एक गोल गरिन् । जितसंगै आर्मीले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा आर्मी नेपाल पुलिस क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । वालिङको यो पहिलो हार हो । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो । वालिङले २ खेलमा १ अंक जोडेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *