जर्मनीको सहज जित

 ग्लोबल टिभि      आइतवार, चैत्र १३, २०७८      0

चैत्र १३-अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा जर्मनीले इजरायललाई २-० गोल अन्तरले हराएको हो ।

जर्मनीलाई जित दिलाउन काइ हार्भट्ज र टिमो वेर्नेरले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा हार्भट्जले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा वेर्नेरले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाए । त्यसपछि ८९ औं मिनेटमा जर्मनीका थोमस मुलरले पेनाल्टीमा गोल गर्न सकेनन् । यस्तै इन्जुरी समयमा इजरायलका कोहेन पनि पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *