बराबरीमा रोकियो अर्जेन्टिना

 ग्लोबल टिभि      बुधबार, चैत्र १६, २०७८      0

चैत्र १६-फिफा विश्वकप छनोटमा अर्जेन्टिना बराबरीमा रोकिएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना इक्वेडरसँग १-१ गोलको बराबरीमा रोकिएको हो।

सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले बराबरी खेल्नु परेको हो। खेलको २४ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको इन्जुरी समयमा इन्नर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए । यस बराबरीसँगै अर्जेन्टिनाले १७ खेलमा ३९ अंक जोडेको छ ।

अर्जेन्टिना दोस्रो स्थानमा रहेको छ । अर्जेन्टिनाले यस अघि नै विश्वकपमा स्थान बनाईसकेको छ । इक्वेडर २६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *