एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ मा (भिडियो सहित)

 ग्लोवल टि.भी.      मङ्लबार, माघ १३, २०७७      0

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले आयोजना गर्ने एनएनआईपीए स्पोर्टस अवार्ड फागुन ८ गते हुने भएको छ ।

संघले मंगलबार पत्रकार सम्मेलन गर्दै हरेक वर्ष आयोजना गरिने अवार्ड कार्यक्रम यस वर्ष मध्यपुर ठिमी नगरपालिकामा आयोजना गर्ने जानकारी दिएको हो । संघका अध्यक्ष दिपक श्रेष्ठले अवार्डका लागि मध्यपुर ठिमी नगरपालिका स्थानीय आयोजकको रुपमा रहने जानकारी दिए ।

यसअघि संघले भक्तपुर, टोखा, पाटन, बसन्तपुरमा स्थानीय निकायको सहयोगमा अवार्डको आयोजना गरिसकेको छ । संघले यसपटक अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको जानकारी दिएको छ ।

यस विधालाई स्काई ब्रान्डले प्रायोजन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । जनही ५० हजार रुपैयाँ पुरस्कार राशीको विधाबाट एक महिला र पुरुष खेलाडी सम्मानित हुने श्रेष्ठले बताए।

गत वर्ष खेलाडीले गरेको प्रर्दशनका आधारमा सम्बन्धित संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपीए वर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । सम्मानित खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

यस्तै, सर्वोकृष्ट महिला र पुरुष खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित संघले सम्मान गर्दै आएको छ । अवार्डमा १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलाडीलाई समावेश गरिएको आयोजक खेलाडी संघले जनाएको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *