राष्ट्रिय महिला लिग फुटबलमा एपीएफको लगातार तेस्रो जित

 ग्लोबल टिभि      मङ्लबार, माघ १३, २०७७      0

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा साविक विजेता एपीएफले लगातार तेस्रो जित निकालेको छ ।

मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपीएफले तेस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन अन्जली कुमारी योन्जन र सरु लिम्बुले एक एक गोल गरिन् ।

बलियो टिम आर्मीविरुद्ध एपीएफले दुबै गोल पहिलो हाफमा गरेको थियो । जितसँगै एपीएफले ३ खेलमा ९ अंक जोडेको छ । एपीएफ तालिकाको शीर्ष स्थानमा रहेको छ । आर्मीको यो पहिलो हार हो । आर्मी ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै मंगलबार नै भएको अर्को खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिकासँग १–१ गोलको बराबरी खेल्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफ दुबै टोलीले गोल गरेका थिए । विदेशी खेलाडी मिथो रुथले ५३ औं मिनेटमा गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् ।

तर, खेलको ६५ औं मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल फर्काईन् । बराबरीसँगै पुलिसले ३ खेलमा ५ अंक जोडेको छ । वालिङको यो दोस्रो बराबरी हो । वालिङले ३ खेलमा २ अंक जोडेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *