प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार दुई विभागीय टिम एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब भिड्दै छन् ।
टियु क्रिकेट मैदानमा हुने बिभागीय खेलशनिबार बिहान ९ बजे सुरु हुनेछ । चौंथो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र आर्मी उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ ।
एपीएफका कप्तान शरद भेषवाकर र आर्मीका कप्तान विनोद भण्डारीले उपाधि जित्नेमा आशावादी रहेको बताएका छन् । फाइनल अघि शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुबै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताए ।’
एपीएफका कप्तान शरद भेषवाकरले ’फाइनल पुग्नु खुसीको कुरा भएको बताए । टिमले राम्रो खेलिरहेको र चुनौतिपूर्ण अवस्थामा पनि राम्रो भएको बताए।
त्यस्तै आर्मीका कप्तान विनोद भण्डारीले आफ्नो टिम सन्तुलित भएकाले उपाधी जित्ने दावी गरेका छन्।
एपीएफ अपराजित रहदै फाइनल पुगेको हो । समूह चरणमा एपीएफ अपराजित रहने एक्लो टिम हो ।
समूह चरणमा आर्मी एपीएफसँग ६ रनले पराजित भएपनि अन्य खेलमा विजयी भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने छन् ।
Leave a Reply