राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आमीको दोस्रो जित

 ग्लोवल टि.भी.      शुक्रबार, माघ १६, २०७७      0

विभागीय टिम त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रौतहटको चन्द्रपुर नगरपालिकालाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।
आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४–४ गोल गरिन् ।

यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल गरिन् । जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *