नेपाल र जिम्बावे‘ए’ बीचको खेल भारी वर्षाको कारण प्रभावित

 ग्लोबल टिभि      शनिबार, बैशाख १७, २०७९      0

वैशाख १७– नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शनिबार) जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमा ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाले गर्दा प्रभावित बनेको छ । खेल टस हुनु अगावै भारी वर्षा भएपछि रोकिएको हो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा छ ।​

जिम्बावे ‘ए’ पनि बलियो टोली हो । जिम्बावे ‘ए’ पनि नेपाललाई हराएर सिरिजमा विजयी सुरुआत गर्न चाहन्छ । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *