जिम्बावे एसँगको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

 ग्लोबल टिभि      शनिबार, बैशाख १७, २०७९      0

बैशाख १७-जिम्बावे एसँगको टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

आइतबारबाट सुरु हुने खेलका लागी सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

यसअघि सनिबारदेखि एकदिवसिय खेल सुरू हुने तालिका थियो । तर, वर्षाका कारण टस पनि नभई खेल स्थगित भएपछि क्यानले खेल तालिका बदल्दै पहिला टी-२० सिरिज गर्न लागेको हो ।

टी-२० टिममा आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित पौड्यल, आरिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, भिम सारकि,लोकेश बम, बासिर अमेद, विवेक यादव, किसोर महतो,साहब आलम,आदिल अन्सारी र अविनास बोहरा रहेका छन् ।

नेपाली टोलीले जिम्बावे एसँग घरेलु मैदानमा तीन एकदिवसिय र तीन टी–२० खेल खेल्नेछ ।

यसअघिनै मुख्य प्रशिक्षक पुवुदु दसानायकेले यकदिवसिय सिरिजका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *