दुवै टिमको प्लेअफ पर्ने सम्भावना सकियो
ग्लोवल टि.भी.
शुक्रबार, बैशाख ३०, २०७९
0

वैशाख ३०-इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल ) मा मुम्बई इन्डियन्सले तेस्रो जित दर्ता गरेको छ ।
बिहीबार राति भएको खेलमा मुम्बईले साविक विजेता चेन्नई सुपर किङसलाई ५ विकेटले हराएको हो । मुम्बईसँग पराजित भएको चेन्नाईले १२ खेलबाट ८ अंकमात्रै जोडेको छ। मुम्बई र चेन्नाईको प्लेअफ पुग्ने सम्भावना पनि सकिएको छ । ९८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.५ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो।
मुम्बईको जितमा तिलक वर्माले अविजित रहदै ३४ रन बनाए । कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए । टिम डाभिड १६ रनमा अविजित रहे । चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले १६ ओभरमा अलआउट हुँदै ९७ रन बनाएको थियो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले अविजित रहदै ३६ रन बनाए ।

Leave a Reply