एमबाप्पेको ह्याट्रिक, पीएसजीलाई उपाधि ट्रफी

 ग्लोबल टिभि      आइतवार, जेष्ठ ८, २०७९      0

जेठ ८-पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबल अन्तर्गत सिजनको अन्तिम खेलमा शानदार जित निकालेको छ ।

च्याम्पियन बनिसकेको पीएसजीले शनिबार राति मेट्जलाई ५-० ले हराउँदै सिजनको अन्तिम खेलमा शानदार जित निकालेको हो । पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे ।

खेलको २५ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ३१ औं मिनेटमा नेयमारले गोल गर्दै टिमको अग्रता ३-० को बनाए । खेलको ५० औं मिनेटमा एमबाप्पेले ह्याट्रिक पूरा गर्दा पीएसजी ४-० ले अघि रह्यो । खेलको ५८ औं मिनेटमा ट्राओरेले रातो कार्ड पाएपछि मेट्ज १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको ६७ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई ५-० को जित दिलाए । पीएसजीका लागि डी मारियाले अन्तिम खेलमा गोल गरेका हुन् । उनले पीएसजीका लागि अन्तिम खेल खेलेका हुन् ।

यस शानदार जितसँगै पीएसजीले उपाधि ट्रफी हात पारेको छ । पीएसजीले उपाधि भने ४ खेल बाँकी हुँदै जितेको थियो । पीएसजीले दशौँ पटक फ्रेन्च लिग वानको उपाधि जितेको हो ।

पीएसजीले यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो । रेलिगेसनमा परेको मेट्जले ३१ अंक जोड्यो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *