सलाह र सनलाई गोल्डेन बुट

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ९, २०७९      0

जेठ ९-लिभरपुलका मोहमद सलाह र टोटेनहमका सन ह्युङ मिनले संयुक्त रुपमा इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।

प्रिमियर लिगको २०२१/२२ को सिजन सर्वाधिक गोलकर्ता बन्दै सलाह र सनले गोल्डेन बुट अवार्ड पाएका हुन् । गोल्डेन बुट अवार्ड बाड्ने क्रममा दुबैले २३ गोल गरे ।

इजिप्टका सलाहले अन्तिम खेलमा १ गोल गरेका थिए । दक्षिण कोरियाका सनले भने २ गोल गरेका थिए ।
सलाहले सर्वाधिक असिस्टको उपाधि समेत जितेका छन् । उनले यस सिजन १३ असिस्ट प्रदान गरेका थिए ।

यस्तै गोल्डेन गोल्भ्स अवार्ड पनि दुई खेलाडीले बाडेका छन् । यस सिजन च्याम्पियन म्यानचेस्टर सिटीका एडर्सन र लिभरपुलका एलिसन बेकरले संयुक्त रुपमा गोल्डेन ग्लोभ्स अवार्ड पाएका हुन् ।

दुबैले यस सिजन २० क्लिन सिट राखेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *