बार्सिलोनाद्वारा हारबाट सिजनको अन्त्य

 ग्लोबल टिभि      सोमवार, जेष्ठ ९, २०७९      0

जेठ ९-स्पेनिस ला लिगा फुटबल अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोना पराजित भएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना भिल्ला रियलसँग २-० गोलले पराजित भएको हो ।

अल्फन्सो पेड्राजाले ४१ औं मिनेटमा गोल गर्दै भिल्लालाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५५ औं मिनेटमा मोई गोमेजले गोल गर्दै भिल्लालाई २-० को जित दिलाए ।

यस हारसँगै बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोडेर सिजनको अन्त्य गरेको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको हो ।

यस्तै बार्सिलोनाले पछिल्लो १४ वर्षमा सबैभन्दा कम अंक जोडेर सिजनको अन्त्य गरेको छ । भिल्ला रियल ५९ अंक जोडेर सातौं स्थानमा रह्यो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *