इब्राहिमोविच आठ महिना मैदान बाहिर

 ग्लोबल टिभि           0

जेठ १२-इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच करिब आठ महिना मैदान बाहिर रहने भएका छन् ।

घुँडाको चोटको शल्यक्रिया गरेपछि इब्राहिमोविच आठ महिना मैदान बाहिर रहने भएका हुन् । सिरी ए च्याम्पियन मिलानले एक विज्ञप्ति निकाल्दै इब्राहिमोविच ७ देखि ८ महिना मैदान बाहिर रहने जनाएको छ ।

उनको बायाँ घुँडाको चोटको सफल शल्यक्रिया गरिएको मिलानले जनाएको छ । स्विडेनका ४० वर्षीय स्ट्राइकरले मिलानलाई यस सिजन लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *