अर्को सिजन एनफिल्डमै रहन्छु – सलाह

 ग्लोबल टिभि           0

जेठ १२- लिभरपुलका फरवार्ड मोहमद सलाहले आफु आगामी सिजन एनफिल्डमै रहने बताएका छन् । लिभरपुल छाड्ने चर्चा चलिरहदा सलाहले आफु अर्को सिजन एनफिल्डमै रहने बताएका हुन् ।

च्याम्पियन्स लिगको फाइनल अघि आयोजित पत्रकार सम्मेलनमा उनले आफु लिभरपुलमै रहने बताएका हुन् । ‘म अहिले सम्झौतामा ध्यान केन्द्रित गर्दिन । म स्वार्थी हुन चाहन्न,’ उनले भने, ‘म निश्चित रूपमा अर्को सिजनमा बस्छु ।’

लिभरपुलसँग २९ वर्षीय सलाहको सम्झौता २०२३ सम्म रहेको छ । सलाह २०१७ मा रोमाबाट लिभरपुल आएका थिए ।

यस्तै सलाहले उपाधिमा केन्द्रित भएको कारण लिभरपुलमा आफ्नो भविष्यबारे नबोल्ने बताए । ‘म यसको बारेमा कुरा गर्न चाहन्न । म हेन्डो (जोर्डन हेन्डरसन) लाई उपाधिसहित हेर्न चाहन्छु,’ उनले भने ।

उनले लिभरपुलबाट प्रिमियर लिग र च्याम्पियन्स लिग जितिसकेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *