ग्लोबल टिभि
0
जेठ १६-स्पेनिस क्लब रियल मड्रिडका डिफेन्डर मार्सेलोले क्लब छाड्ने भएका छन् । ब्राजिलियन डिफेन्डर मार्सेलोले रियल छाड्ने पुष्टि गरेका छन् ।
लेफ्ट ब्याक मार्सेलोको रियलसँगको सम्झौता जुनबाट सकिदैछ । शनिबार राति च्याम्पियन्स लिगको उपाधि जितेपछि मार्सेलोले क्लब छाड्ने पुष्टि गरे ।
‘पक्कै पनि यो रियलका लागि मेरो फाइनल खेल हो,’ मार्सेलोले भने । ३४ वर्षीय डिफेन्डर मार्सेलो २००७ मा रियल आएका थिए ।
रियलका लागि उनले २५ उपाधि जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग रहेको छ ।
Post Views: 1,031
Leave a Reply