मानेले लिभरपुल छाड्ने

 ग्लोबल टिभि           0

जेठ १६-इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेले क्लब छाड्ने भएका भएका छन् । सेनेगलका फरवार्ड मानेले यसै समरमा क्लब छाड्ने गोलडटकमले जनाएको छ ।

मानेले लिभरपुललाई क्लब छाड्ने जानकारी गराईसकेको बताईएको छ । पछिल्लो समय माने जर्मन क्लब बायर्न म्युनिख जाने चर्चा चलेको छ ।

बायर्नले उनलाई अनुबन्धको लागि ३० मिलियन युरोको प्रस्ताव गर्ने तयारी गरेको बताईएको छ । ३० वर्षीय माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।

उनले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितिसकेका छन् । मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन् । यस्तै ४८ असिस्ट रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *