ग्लोबल टिभि
बुधबार, माघ २८, २०७७
0
एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले गेटाफेविरूद्ध सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा साविक विजेता रियलले गेटाफेलाई २-० ले गोलले हराएको हो ।
रियलको जितमा करिम बेन्जिमा र फर्लान्ड मेन्डीले एकएक गोल गरे ।
जितसँगै रियल २२ खेलमा ४६ अंकसहित तालिकाको दोस्रो स्थानमा उत्रिएको छ । उसले शीर्ष स्थानको एट्लेटिकोसँग अंक दूरी ५ मा झारेको छ ।
पराजित गेटाफे भने २४ अंकसहित १३औँ स्थानमा छ ।
Post Views: 1,210
Leave a Reply