बराबरी खेलेपनि युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा

 ग्लोबल टिभि      बुधबार, माघ २८, २०७७      0

एजेन्सी। इन्टरमिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानसँग बराबरीमा रोकिए पनि युभेन्ट्स फाइनलमा पुगेको हो ।

पहिलो लेगमा निकालेको जितले युभेन्ट्स फाइनल पुग्न सफल भएको हो । इन्टरको मैदानमा पहिलो लेगमा युभेन्ट्सले २-१ को जित निकालेको थियो ।

यभेन्ट्सले अब उपाधिको लागि नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ । दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *