हेन्रिख इन्टरमा अनुबन्धित हुँदै

 ग्लोबल टिभि      मङ्लबार, जेष्ठ २४, २०७९      0

जेठ २४-इटालियन क्लब इन्टर मिलानले मिडफिल्डर हेन्रिख मिखीतार्यानलाई अनुबन्ध गर्ने भएको छ । अर्मेनियाका मिडफिल्डर हेन्रिखले केहि दिनमा सम्झौता गर्ने बताईएको छ ।

उनले इन्टरसँग दुई वर्षको सम्झौता गर्ने बताईएको छ । यता, रोमाले भने हेन्रिखलाई क्लबलाई राख्न प्रयास गरिरहेको बताईएको छ ।

रोमाले सम्झौता नवीकरणका लागि हेन्रिख समक्ष प्रस्ताव गरिसकेको रिपोर्टमा उल्लेख छ । ३३ वर्षीय हेन्रिख २०२९ मा आर्सनलबाट रोमा आएका थिए ।

रोमाका लागि हेन्रिखले युरोपा कन्फरेन्स लिगको उपाधि जितिसकेका छन् । रोमाका लागि १ सय १६ खेलमा उनले २९ गोल गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *