ग्लोबल टिभि
0
जेठ २६-गोलकिपर दीप कार्की र डिफेन्डर विकास तामाङले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यु गरेका छन् ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत जोर्डनविरुद्धको खेलमा सुरुआती-११ मा पर्दै दीप र विकासले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले जोर्डनविरुद्ध खेल्दैछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले नवयुग श्रेष्ठको कप्तानीमा सुरुआती-११ घोषणा गरेका छन् । जसमा दुबै खेलाडी अटाएका हुन् ।
नेपालको सुरुआती-११
दीप कार्की, सुमन अर्याल, विकास तामाङ, बिकाश खवास,गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुरज ज्यु ठकुरी, सेसेहाङ आङ्गदेम्बे,आयुष घलान, मनिष डाँगी, नवयुग श्रेष्ठ
Post Views: 941
Leave a Reply