माल्कम क्रिस्टल प्यालेसमा अनुबन्धित

 ग्लोबल टिभि           0

असार १३- इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले युवा फरवार्ड माल्कम इबिओईलाई अनुबन्ध गरेको छ ।

क्रिस्टलले च्याम्पियनसिप क्लब डर्बी काउन्टीबाट माल्कमलाई अनुबन्ध गरेको हो । १८ वर्षीय फरवार्डले क्रिस्टलसँग ५ वर्षको सम्झौता गरेका छन् ।

उनी जुलाई १ बाट क्रिस्टलको टोलीमा सामेल हुनेछन् । गत सिजन सिनियर टोलीमा डेब्यु गरेका उनले च्याम्पियनसिपको १६ खेलमा १ गोल गरेका छन् ।

माल्कमले इंग्ल्यान्डको यू-१६ टोलीबाट खेलिसकेका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *