जर्मन बुन्डेस लिग फुटबलमा आरबी लाइपजिगको जित

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन १, २०७७      0

एजेन्सी । जर्मन बुन्डेस लिग फुटबलमा आरबी लाइपजिगले जित हात पारेको छ ।

शुक्रबार राति भएको खेलमा उपाधि दाबेदारसमेत ठानिएको लाइपजिगले अग्सवर्गलाई २१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा लाइपजिगलाई जित दिलाउन डानिल ओल्मो र क्रिस्टोफर एनकुनकुले एक एक गोल गरे ।

अग्सवर्गका डानिल कालिगुइरीले एक गोल फर्काए । जितसँगै लाइपजिग शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी घटाउन सफल भएको छ ।

दोस्रो स्थानको लाइपजिगले ४४ अंक जोडेको छ । बायर्नको ४८ अंक रहेको छ । अग्सवर्ग २२ अंकसहित १३औँ स्थानमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *