दिल्ली मुम्बईसंग हार्यो, प्लेअफको सम्भावना भने जिबितै

 ग्लोवल टि.भी.      शनिबार, कार्तिक १५, २०७७      0

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत शनिबार भएको पहिलो खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्समाथि शानदार जित हात पारेकाे छ। युएईको दुबईमा भएको खेलमा मुम्बईले दिल्लीमाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो।

मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ११० रन बनाएको थियो।

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले २५ रन, ऋषभ पन्तले २२, कागिसो राबाडा र रविचन्द्रन अश्विनले समान १२, शिमरोन ह्याटमेयरले ११ र पृथ्वी शाले १० रन जोडेपनि अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्ट र जसप्रित बुमराहले तीन तीन विकेट लिए। राहुल चाहर र नाथन कुल्टर नाइलले एक–एक विकेट हात पारे।१ सय ११ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रेको मुम्बईले १४ ओभर दुई बलमा लक्ष्य पूरा गर्‍यो। मुम्बईका लागि इशान किशनले ७२ रन, क्वीन्टिन डी ककले २६ र सूर्यकुमार यादवले १२ रन बनाए।

आजको जितसँगै १३ खेलबाट १८ अंक जोडेको मुम्बईले अन्तिम  चारमा  स्थान पक्का गरेको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *