जोकोभिच सातौं पटक विम्बल्डन च्याम्पियन

 ग्लोबल टिभि      सोमवार, असार २७, २०७९      0

असार २७-सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिस अन्तर्गत पुरुषतर्फको उपाधि जितेका छन् ।

लण्डनस्थित सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । विश्व नम्बर एक जोकोभिचले सुरुआती एक सेट गुमाए पनि उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेका हुन् । जोकोभिचले निकमाथि ४-६,६-३,६-४ र ७-६ (७-३) को सेटमा जित निकाले ।

यससँगै जोकोभिचले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि हात पारेका छन् । यस्तै जोकोभिचले सातौं पटकको विम्बल्डनको उपाधि जितेका हुन् । जोकोभिचको यो २१ औं ग्रान्डस्लाम उपाधि हो ।

महिलातर्फको उपाधि काजकिस्तानकी इलिना राइबाकिनाले जितेकी छिन् । फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *