पहिलो संस्करणको देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता चैत दोस्रो साताबाट आयोजना हुने भएको छ ।
आयोजक स्पिन इभेन्ट्स प्रालिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २ देखि ७ गतेसम्म आयोजना हुने जनाएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगितामा देश भरका वडाहरुबाट कम्तिमा १ हजार खेलाडीहरुको शभागता रहने आयोजक कमिटीका टेबल टेनिस प्रशिक्षक राजेन्द्र कपालीले जानकारी दिए ।
प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि) को स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तर, वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन् । प्रतियोगिताको मेन्सरवुमेन्स सिंगल्स स्पर्धाको प्रथम, द्वितीय र तृतीय (दुवै सेमी(फाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउने कपालीले जानकारी दिए ।
Leave a Reply