धादिङ जिल्ला स्तरीय टी -२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

 ग्लोबल टिभि      बुधबार, फाल्गुन ५, २०७७      0

विकास रौनियार, धादिङ । शुक्रवार देखि धादिङमा आयोजना हुन लागेको जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

धादिङ पोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भाएको आयोजकले जानकारी दिएका छन् । बुधवार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको संयोजक दिपेश कँडेलले जानकारी दिए । बेनिघाट रोराङस्थित चन्द्रोदय माविको खेल मैदानमा हुने प्रतियोगिता तीन दिन सम्म चल्ने छ । यस प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक कँडेलले बताए ।

प्रतियोगिताको विजेताले नगद २५ हजार र उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट खेलाडीले ५-५ हजार प्राप्त गर्नेछन् ।

प्रजातन्त्र दिवसको अवसरमा आयोजना हुने यस प्रतियोगिताबाट उत्कृष्ट १५ खेलाडी छनोट गरी चितवन क्यानसँग समन्वय गरेर चितवन र धादिङ बीच गौतम बुद्ध रंगशालामा मैत्रीपूर्ण खेल खेलाउने तयारी रहेको समेत कँडेलले बताए ।

प्रतियोगितामा बेनिघाट क्रिकेट टिम, विशालटार क्रिकेट टिम, मलेखु क्रिकेट टिम, गजुरी क्रिकेट टिम, त्रिपुरासुन्दरी क्रिकेट टिम, साङकोष क्रिकेट क्बल, गणेश हिमाल क्रिकेट टिम, धादिङ समाज क्रिकेट टिम र बैरेनी क्रिकेट टिम सहभागि हुनेछन् ।

पत्रकार सम्मेलनमा प्रतियोगिताको टाइसिट पनि सार्वजनिक गरिएको थियो ।

राजधानी नजिकै रहेको जिल्ला धादिङमा पछिल्लो समय क्रिकेट गतविधिहरु बढिरहेको छ भने स्थानिय स्तरमा विभिन्न खालका प्रतियोगिताहरु भइरहेको छ । राष्ट्रियस्तरमा खेल्ने खेलाडी तयार पार्न धादिङमा क्रिकेट प्रतियोगिताहरु आयोजना गरिएको कंडलले बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *