असार ३२-रुसले फिफा र यूईएफएको प्रतिबन्धविरुद्ध गरेको अपिल खारेज भएको छ ।
खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन अफ स्पोर्टस (कास) ले रुस र रुसी क्लबले गरेको अपिल खारेज गरेको हो ।
रसियन फुटबल युनियन र रुसी क्लबले फिफा र यूईएफएको लगाएको प्रतिबन्धविरुद्ध कासमा अपिल गरेको थियो। तर, कासले अपिल खारेज गर्दै रुस र रुसी क्लबमाथिको प्रतिबन्धलाई कायम राखेको छ ।
अब रुस फुटबल र रुसी क्लबले स्विजरल्याण्डको अदालतमा प्रतिबन्धविरुद्ध मुद्दा दर्ता गर्न पाउने छन् ।
रुसले युद्दको घोषणा गर्दै युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउदै विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको थियो ।
फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको थियो ।
जसको कारण रुसले विश्वकप छनोट प्ले अफ खेल्न पाएन । यस्तै रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको थियो ।
Leave a Reply