लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने पक्का

 ग्लोबल टिभि      आइतवार, साउन १, २०७९      0

साउन १-स्पेनिस क्लब बार्सिलोनाले स्ट्राइकर रोबर्ट लेवान्डोस्कीलाई अनुबन्ध गर्ने पक्का भएको छ । लेवान्डोस्की अनुबन्धका लागि जर्मन क्लब बायर्न म्युनिख र बार्सिलोनाबीच सहमति बनेको छ ।

बायर्नका अध्यक्ष हेर्बर्ट हेइनरले लेवान्डोस्की स्पेनिस क्लब जाने पुष्टि गरेका छन् । पोलिस स्ट्राइकरले सम्झौता एक वर्ष बाकी रहदै जर्मन क्लब छाड्ने भएका हुन् ।

३३ वर्षीय लेवान्डोस्कीको बायर्नसँगको सम्झौता २०२३ सम्म रहेको छ । बार्सिलोनाले लेवान्डोस्कीसँग तीन वर्षको सम्झौता गर्ने बताईएको छ । लेवान्डोस्कीले गत सिजन बायर्नका लागि ४६ खेलमा ५० गोल गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *