विकास रौनियार, धादिङ । जिल्ला स्तरीय टी-२० क्रिकेट प्रतियोगितामा बैरैनी क्रिकेट टिम र त्रिपुरासुन्दरी क्रिकेट टिमले विजयी सुरूवात गरेका छन् ।
धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो । बैरेनी क्रिकेट टिमले धुनीबेसी क्रिकेट टिमलाई ११ रनले पराजित गरेको छ । उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टार्गेट पछ्याएको धनीकेसीले ११६ रन मात्र बनायो ।
यस खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर आफ द म्याच घोषित भए ।
यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो । यो खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभरमै पुरा गर्दै विजयी भएको थियो । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण मिश्र प्लेयर आफ द म्याच घोषित भएका थिए ।
बेनीघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष देवीप्रसाद सिलवालले गरेका बलिङ र गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरिएको थियो ।
Leave a Reply