धादिङमा सूरुभयो जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता

 ग्लोवल टि.भी.      शनिबार, फाल्गुन ८, २०७७      0

बिकास रौनियार,धादिङ । जिल्ला स्तरीय टी २० क्रिकेट प्रतियोगितामा बैरैनी क्रिकेट टिम र त्रिपुरासुन्दरी क्रिकेट टिमले विजयी सुरूवात गरेका छन् । धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगिता शुक्रबारदेखि प्रतियोगिता सूरु भएको हो ।

बैरेनी क्रिकेट टिमले धुनीबेसी क्रिकेट टिमलाई ११ रनले पराजित गरेको छ । उद्घाटन खेलमा बैरेनीले दिएको १२८ रनको टार्गेट पछ्याएको धनी केसीले ११६ रन मात्र बनायो ।

खेलमा बैरेनीका विश्वास पौडेल प्लेयर अफ दि म्याच घोषित भए । यस्तै दोस्रो खेल त्रिपुरासुन्दरी क्रिकेट टिम र साँङ्कोष क्रिकेट क्लव बीच भएको थियो ।

खेलमा साँङ्कोषले दिएको ८८ रनको टारगेट त्रिपुरासुन्दरीले १० ओभरमा पुरा गरे । यस खेलमा त्रिपुरासुन्दरीका श्रीकृष्ण मिश्र प्लेयर अफ दि म्याच घोषित भए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *