पीएसजीको फराकिलो जित

 ग्लोबल टिभि      मङ्लबार, साउन १०, २०७९      0

साउन १०-प्रि-सिजन टुर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ।

जापानमा सोमबार भएको मैत्रीपूर्णमा पीएसजीले जे लिग क्लब गाम्बा ओसाकालाई ६-२ गोल अन्तरले हराएको हो । पीएसजीलाई जित दिलाउन नेयमारले दुई गोल गरे ।

यस्तै पाब्लो सराबिया, लियोनल मेस्सी, केलियन एमबाप्पे र नुनो मेन्डीसले एक एक गोल गरे । ओसाकाका लागि केइसुके कुरोकावा र हिरोटो यामामीले एक एक गोल फर्काए ।

जापान भ्रमणमा रहेको पीएसजीको लगातार तेस्रो जित हो । यस अघि पीएसजीले कावासाकी र उरावा रेड डाइमण्डलाई हराएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *