ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वनमा साहसिक खेल जिपलाइन सञ्चालनमा आएको छ ।
पर्यटन व्यवसायी राजकुमार श्रेष्ठले ललितपुरको गोदावारी स्थित विशंखुनारायण सामुदायिक वन भित्र साहसिक खेल जिपलाइन सञ्चालनमा ल्याएका छन् । ललितपुरको सातदोबाटोबाट करिब ७ किलोमिटरको दुरीमा रहेको विशंखुनारायण वन भित्र जिपलाइन सञ्चालनमा ल्याइएपछि खेल खेल्न आउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ ।
जिपलाइन अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको निर्माण भएकाले खेल खेल्न सुरक्षित रहेको पनि श्रेष्ठले जानकारी दिए । टिकट काटेर खेल खेल्नेलाई बीमा लगायतका सुविधा समेत रहेका छन् । नेपाल सरकारले प्रकाशित गरेको सामुदायिक वनमा पर्यापर्यटन कार्यविधि २०७५ को आधारमा नियम कानून अन्तर्गत रहेर सामुदायिक वनले आसयपत्र आव्हान गरेपछि बोलकबोल मार्फत ठाउँ लिइएको सञ्चालकको भनाई छ । सामुदायिक वनलाई संरक्षण गर्ने, प्रकृतिलाई जोगाउने र वातावरणलाई नविगारिकन साहसिक पर्यटनको विकास गर्ने किसिमले नै जिपलाइन सञ्चालनमा ल्याइएको हो ।
Leave a Reply