जिल्ला स्तरीय टी–२० को उपाधी धादिङ समाज धादिङलाई

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन ११, २०७७      0

धादिङ जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधी धादिङ समाज धादिङ नीलकण्ठले जितेको छ । सोमबार बेनीघाट रोराङ स्थित श्री चन्द्रोदय माविको खेल मैदानका भएको खेलमा त्रिपुरासुन्दरी क्रिकेट टिमलाई ८ विकेटले पराजित गर्दै धादिङ समाज धादिङ नीलकण्ठले प्रतियोगिताको उपाधी जितेर च्याम्पीयन बनेको हो ।

त्रिपुरासुन्दरीको ११० रनको टारगेट पछ्याएको धादिङ समाज धादिङले ८ विकेटले जित हासिल गरेको हो । विजेताहरुलाई बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले पुरस्कार बितरण गरे।

प्रथम हुने धादिङ समाज धादिङले नगद २५ हजार सहित शिल्ड मेडल र प्रमाण पत्र पाएको छ। उपविजेता त्रिपुरासुन्दरी क्रिकेट टिमले नगद १५ हजार सहित मेडल र प्रमाण पत्र, तृत्तिय हुने मलेखु क्रिकेट टिमले मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्समेन र उत्कृष्ट खेलाडीको तीनै शिर्षकको पुरस्कार धादिङ समाज धादिङका सुजित श्रेष्ठले हात पारे । श्रेष्ठले खेल अवधीभरको ९ खेल मध्ये ३ खेलमा प्लेयर आफ द म्याच बन्दै प्रति म्याच ५०० नगद सहित प्रमाणपत्र समेत हात पारे ।

बेनीघाट रोराङ र गजुरी गाउँपालिकाको आर्थिक सहयोगमा धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न १० टिमको सहभागिता रहेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *